आज २०८० माघ २१ गते सिद्धबाबा मन्दिर विकास समिति तिनाउ ३,दोभान,पाल्पाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । तिनाउ गाउ पालिका अध्यक्ष तथा संरक्षक प्रेम श्रेष्ठको प्रमुख आथित्यता र विष्शिठ अथिति तिनाउ पालिका उपाध्यक्ष लालब थापा, अन्य अतिथिमा पुर्व अध्यक्ष महेन्द्र प्रसाद पाण्डे, दल ब गुरुङ, तिनाउ वार्ड नं २ का वडा अध्यक्ष एवम प्रबक्ता यादव अर्याल तिनाउ वार्ड नं ३ वडा अध्यक्ष चित्र ब.थापा, दोभान मा.विका प्रअ सूर्य प्रसाद पौडेल ,सिद्धबाबा धाम रुपन्देहीका अध्यक्ष नारायण आर्चाय प्रहरी चौकी दोभानका प्रमूख, महिला समूह प्रतिनिधिहरु, युवा क्लब प्रतिनिधिहरु,पुरोहितज्यूहरु,पुष्प ब्यवसायीहरुको उपस्थितीमा सभा संचालन गरिएको थियो ।
अध्यक्ष सन्तोष कुमार शेरचनबाट प्रस्तुत आ.व.२०७९÷०८०को प्रगति प्रतिबेदन तथा आगमि आ.ब र चालु आ.ब.को कार्यक्रम तथा कोषध्यक्ष कुमारी खडका द्धारा प्रस्तुत आर्थिक प्रतिबेदन तथा अनुमानित आय – ब्यय भेलाबाट अनुमोदन भएकाछन ।
अतिथिज्यूहरुबाट धार्मिक आस्थाको केन्द्र लुम्बिनी प्रदेशको पशुपतिनाथको रुपमा चर्चित तथा शक्ति पिठ एवम् सिद्ध स्थलको रुप ख्याति प्राग ऐतिहासिक रामपिथेक्सको विचरण स्थल, राजहर्षि भर्तृहरिको तपोभूमि लाई धर्म ,संस्कृति ,सभ्यता र पुरात्तविकरुपले धार्मिक आस्थाको केन्द्र तथा धार्मिक पर्यटकीय गन्तब्यको रुपमा रहेको र सामाजिक विकासका लागि समेत सहयोगी भएको धारणा प्रस्तुत गरिएको थियो ।
कार्यक्रम अध्यक्ष सन्तोष कुमार शेरचनक अध्यक्षता, उपाध्यक्ष अमर प्रधानको स्वागत मन्तब्य, पूरोहित ज्यूहरुको स्वस्ती वाचन तथा प्रमूख अतिथि तिनाउ पालिका अध्यक्ष प्रेम श्रेष्ठबाट दिप प्रज्जवलनगरि उद्घाटन गरिएको थियो ।