Skip to content Skip to footer

उद्देश्यहरु

सिद्धबाबा मन्दिर विकास समितिको गठन गरी दर्ता गर्नका लागि लेखिएका उद्देश्यहरु :

क) मन्दिर क्षेत्रमा निर्माणाधीन आश्रम श्री सिद्धबाबा मन्दिर धूनी घर,मन्दिरहरुको निर्माण गराई सो वस्तुहरु पूर्णरुपले संरक्षण गर्ने । (धर्मशाला निर्माण कार्यसम्पन्न भइ सकेको छ ।

ख) मन्दिर क्षेत्रमा स्थापित देवी देउताहरुको प्रातःकाल सन्ध्याकाल दुबै कालमा परम्परा अनुसार नित्यपाठ आरति गर्ने अखण्ड धूनी बसी चिरकाल सञ्चालन गर्ने ।

ग) मन्दिर क्षेत्रलाई पवित्र धार्मिक स्थलहरुको रुपमा गुरुयोजना अनुसार निर्माण कार्य गरि श्री सिद्धबाबा धार्मिक पीठको रुपमा विकास गर्ने ।

घ) परम्परा अनुसारको पर्वहरुमा प्रवचन,पुराण,अर्चना,कीर्तन,भजन,यज्ञादिको कार्यक्रम चलाउन ।

ङ) मन्दिर क्षेत्रमा धर्मशाला,असाहय अनाथहरुलाई सुविधाको व्यवस्था गर्ने र वृद्धाश्रमको व्यवस्था गर्ने ।

च) हिन्दू सनातन धर्म संस्कृतिको बारेमा सर्वसाधरणलाई बोध गराउन विद्वान,ज्ञाता,
पण्डितहरुबाट प्रवचन,पुराण गर्ने ।

छ) मन्दिर क्षेत्रमा वृक्षरोपण गर्ने ,वन,बुट्यानहरुलाई संरक्षण गरी तपोवनको रुपमा ब्यवस्था मिलाई रमणीय पर्यटन स्थल निर्माण गर्ने आदि ।